शुद्धोधनमा पाँचौ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

0
Quantam abroad studies

कपिलवस्तु , माघ २४
“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ” कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबार देखि सुरु भएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकामा पालिकास्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, २०८० सुरु भएको हो । खेल वडा नं.२ को वरगदवाको खेलमैदानमा सुरू भएको छ । खेलको शुभरम्भ कपिलवस्तुको क्षेत्र नम्बर १ को ख प्रदेशसभा सदस्य मधुसूदन शरण चौधरीले उदघाटन गर्नु भएको थियो ।

चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडीको पहिचान भइ राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए । खेलले खेलाडी उत्पादन मात्र नगरी शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै कार्यक्रममा विद्यार्थी खेलाडीहरूको अग्रिम बिजयको शुभकामना व्यक्त गरे ।

sahani furniture udyog

शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी, गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी , वडाअध्यक्ष तिलक राम यादव, वडा अध्यक्ष मनोज कुमार यादव, वडा अध्यक्ष महिब्बुदिन मुसलमान, वडा अध्यक्ष बिजय बहादुर यादव , वडा अध्यक्ष राम नरेश यादव ,वडा अध्यक्ष आशुतोष कुमार सिंह , प्रमुख प्रशाशकीय अधिकृत धनिश्वर पौडेल र बिशिस्ट अतिथि मायादेवी गाउपालिका पूर्व अध्यक्ष बजरंगी चौधरी लगायतले कार्यक्रममा बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीलाई शुभकामना दिंदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताएका थिए ।

यस कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रम सफलताको शुभकामना दिएका छन् । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताउनुभएको थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.