
कपिलवस्तु , कार्तिक २७
जिल्लामा दुइ कर्मचारी घुस लिएको रकम सहित पक्राउ परेका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलिले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालतका कपिलवस्तुका तहसिलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित तौलिहवा बजारको गौढी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको अख्तियार दुरुपयोग आयोग बुटवलले जनाएको छ । उनिहरु दिउसो करिब ३:०० बजे पक्राउ परेका छ्न ।
घुस रकम अपरेटर पाण्डेयको साथबाट बरामद भएको थियो । यस्तै आर्का कर्मचारी मिश्र यस अघि पनि सेवाग्राहिलाइ दुख दिदै आएको भन्दै बिबादमा पर्दै आएका छ्न ।
