
काठमाडौँ । मंगलबार चितवनमा पार्टीले गरेको खबरदारी सभामा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू प्रधानमन्त्री भएका बेला चीनसँग गरेका सहमति र समझदारीलाई अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले फोटोकपी गरेर प्रचार गरिराखेको आरोप लगाएका छन्। दाहालले आफू प्रधानमन्त्री हुँदा भारत र चीनसँग सन्तुलित सम्बन्ध राखेको पनि बताए। मैले गत साल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिराख्नु भएको छ। केपी ओलीले नयाँ भनेको एउटा सिन्को भाँचेको मैले देखेको छैन।’

‘नेपाल र नेपाली जनताको वृहत्तर हितको निम्ति गरिएका समझदारी र सहमतिहरू दुरगामी थिए। मलाई अहिले खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ हाम्रो अहिलेका प्रधानमन्त्रीलाई देख्दा।ती सबै गत साल गरिएका सहमति र समझदारी हुन्।
