परराष्ट्रमन्त्री आरजु राणा युरोपबाट सिधै नयाँ दिल्ली जाने

0
Quantam abroad studies

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा यतिवेला युरोप भ्रमणमा छिन् । युरोप भ्रमण सकेलगत्तै उनी भारतको नयाँ दिल्ली ओर्लिने तयारी छ । मन्त्री राणाले नयाँ दिल्लीमा आयोजना हुने इन्डो नेपाल इकोनोमिक कन्क्लेभमा सहभागी हुने निश्चित् भएको छ ।उक्त कन्क्लेभको आयोजक भने साउथ एसियन इकोनोमिक फाउन्डेसन हो । सो समिटमा प्रमुख वक्ताको रुपमा उनलाई निम्तो आएको छ । सो क्रममा उनले आफ्ना समकक्षी भारतीय विदेशमन्त्री डा. एश जयशंकरसँगपनि भेटवार्ता गर्ने तय भएको छ । यद्धपी भ्रमणको बारेमा र भेटवार्ता तयबारे केही खुलाईएको छैन् । मन्त्री राणा युरोप उड्नुअघि चीन भ्रमणबाट फर्किएकी थिईन् । उनको यो भारत भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.