कपिलवस्तुमा जिपकाे ठक्करले ३ वर्षीया बालिकाको मृत्यु

0
Quantam abroad studies

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-८ चप्परगाउँमा सोमबार बिहान जिपको ठक्करबाट एक ३ वर्षीया बालिकाको ज्यान गएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको लु ३ च ३३९५ नम्बरको डबल क्याप जिपले बालिका र उनकी आमालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा बालिका गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो।

घटनामा बालिकाकी आमा रिता भुसाल पनि सामान्य घाइते भएकी थिइन्। उपचारपछि उनलाई घर फर्काइएको छ।

sahani furniture udyog

दुर्घटना बिहान करिब १० बजे, आमा-छोरी विद्यालय जाने क्रममा भएको बताइएको छ।

जिपका चालक र सवारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

4o

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.