प्रधानमन्त्री ओली : “मान्छे खुवाएर बाघ पाल्न सकिँदैन”

0
Quantam abroad studies

प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्।

बिहीवार काठमाडौँमा वन तथा वातावरण मन्त्रालयले कोप-२९ को समीक्षा गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए। उनले नेपालको वनको क्षमताअनुसार १५० वटाभन्दा बढी बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा ३ सयभन्दा बढी बाघ रहेको बताए। उनले नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए।

sahani furniture udyog

‘जंगलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ। हामीले बाघ साढे ३ सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ। डेढ सय बाघ भए पुग्छ‚’ उनले भने‚ ‘उपहार दिऔँ, हाम्रा मित्रहरुलाई। कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प। विभिन्न देशलाई उपहार दिऔँ बाघ, खोरसमेतै दिनुपर्छ भने नि दिऔँ तर हाम्रो वनको क्षमताअनुसार जानुपर्छ। मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन।’

अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.