भाेली साँझ देखी देशका अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना

0
Quantam abroad studies

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शुक्रबार साँझदेखि देशका विभिन्न क्षेत्रमा हिमपात र वर्षा हुनसक्ने छ। विभागले आज साँझ जारी गरेको विशेष बुलेटिनमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार साँझदेखि देशका धेरै भागमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको उल्लेख गरिएको छ।

यो प्रणालीको असरले शुक्रबार अपरान्हदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो स्थानमा र गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।

sahani furniture udyog

साथै, सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान तथा लुम्बिनी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा र गण्डकी, बागमती, मधेस तथा कोशी प्रदेशका थोरै क्षेत्रमा हल्का वर्षा हुनसक्नेछ।

मौसम प्रणालीको प्रभावले तापक्रममा गिरावट आउने र चिसो बढ्ने सम्भावना रहेको पनि विभागले जनाएको छ। ‘वर्षा, हिमपात तथा चिसोले दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातमा समेत असर पार्नसक्ने भएकाले आवश्यक सतर्कता र पूर्व तयारी अपनाउन सबैलाई अनुरोध गरिन्छ’, विभागले जारी गरेको बुलेटिनमा भनिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.