मंसिरमा विदेशिने नेपालीहरुको संख्यामा ‘रेकर्ड ब्रेक’

0
Quantam abroad studies

देश छोड्ने नेपालीको संख्या मंसिरमा ऐतिहासिक उचाइमा पुगेको छ। वैदेशिक रोजगार विभागका अनुसार, यो महिना मात्रै ८४ हजार २ सय २६ जनाले विदेश जान अनुमति लिएका छन्। यो संख्या हालसम्मकै उच्च हो। यसअघि २०७९ को कार्तिकमा सबैभन्दा धेरै नेपाली विदेशिएका थिए, तर मंसिरको तथ्यांकले त्यो रेकर्ड तोडेको छ।

म्यानपावरमार्फत विदेशिनेको संख्या २८ हजार ८ सय ६८ रहेको छ, भने बिदामा आएर पुनः फर्किनेको संख्या ४१ हजार ३ सय २० रहेको छ। व्यक्तिगत भिसाबाट जाने १३ हजार ५९ जना र जीटूजी प्रक्रियाबाट जाने ९ सय ७९ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन्।

sahani furniture udyog

विभागका अनुसार विदेशिने नेपालीहरूको गन्तव्यमा खाडी देशहरू प्रमुख छन्, जसमा सबैभन्दा धेरै यूएई पुगेका छन्। यी तथ्यांकले नेपाली युवाहरू देशभित्र रोजगारीका अवसरहरू सीमित भएको महसुस गर्दै विदेश पलायन हुन विवश भएको चित्रण गर्छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.