कपिलवस्तुमा हात्तीपाईले र कुष्ठरोग उन्मूलनमा चुनौती

0
Quantam abroad studies

कपिलवस्तुमा हात्तीपाईले र कुष्ठरोगको समस्या जटिल बन्दै गएको छ। वर्षौंदेखिका अभियानहरू प्रभावकारी नदेखिएपछि तौलिहवामा आयोजित जिल्ला परियोजना सल्लाहकार बैठकले चिन्ता व्यक्त गरेको छ। बैठकमा सहभागीहरूले यी रोगहरूको रोकथाम र उन्मूलनका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको औँल्याएका छन्।

कालिका सामाजिक विकास केन्द्रले फेरमेड फाउन्डेशन नेपालको सहयोगमा सञ्चालन गरेको परियोजनाको समीक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यले अभियान प्रभावकारी नभएको बताए। उनले औषधि वितरण गरिए पनि धेरैले सेवन नगर्दा रोग नियन्त्रणमा चुनौती थपिएको बताए।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार, गत आर्थिक वर्ष २०८०/०८१ मा १८८ जना कुष्ठरोगी फेला परेका थिए भने चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म मात्र ७५ नयाँ कुष्ठरोगी पहिचान भएका छन्। क्षयरोग तथा कुष्ठरोग अधिकृत माहोम्द इरफानले कुष्ठरोगीको संख्या घटाउने लक्ष्य भए पनि वर्तमान दर २.७ प्रतिशतभन्दा माथि रहेको जानकारी दिए।

sahani furniture udyog

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले औषधि सेवनमा नागरिकको कम सहभागिता मुख्य समस्या भएको बताए। शिवराज नगरपालिकाका मेयर अजय थापाले अभियानलाई पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै समन्वयात्मक प्रयासमा जोड दिए।

परियोजना संयोजक शशीलाल कर्णले २०१९ देखि २०२४ सम्म हात्तीपाईले, कुष्ठरोग, र उष्ण प्रदेशीय रोग नियन्त्रणमा केन्द्रित गतिविधिहरू सञ्चालन गरिएको जानकारी दिए। परियोजनाअन्तर्गत १६ स्वयम्सहायता समूह गठन गरिएको छ, जसमा ३०४ सदस्य आबद्ध छन्।

बैठकमा सहभागीहरूले हात्तीपाईले र कुष्ठरोग नियन्त्रणमा सबै तहका सरकार, सरोकारवाला, र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेका छन्। यसले स्वास्थ्य क्षेत्रमा सुधार गर्न र रोगको दीर्घकालीन समाधान खोज्न थप सक्रियता आवश्यक रहेको देखाउँछ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.