वाणगंगामा मालपोत तथा नापी कार्यालय स्थापना निर्णयप्रति जसपा को विरोध

0
Quantam abroad studies

कपिलवस्तु, पौष १२ – नेपाल सरकारको मन्त्री परिषद्ले मालपोत तथा नापी कार्यालयलाई बाणगंगा नगरपालिकामा स्थापना गर्ने निर्णय लाई अब्यावहारिक, अपायक र सदरमुकाम तौलिहवालाई कमजोर बनाउने प्रयास भन्दै जनता समाजवादी पार्टी नेपाल, कपिलवस्तुले घोर विरोध जनाएको छ।

पार्टीका नेताहरूले निर्णयकाे खारेजीका लागि प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा यो निर्णय तत्काल नसच्चाए कडा आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ।

पार्टीका अनुसार यो कदमले स्थानीय प्रशासनिक सेवा लिन कठिनाइ थप्ने र सदरमुकामको महत्त्व घटाउने काम भएको छ। नेताहरूले भने, “तौलिहवा सदरमुकाम हो, यस क्षेत्रका नागरिकले सेवा लिन यहाँ आउन सहज छ। कार्यालयलाई बाणगंगा सार्दा यहाँका जनताले झन् ठूलो दुरी तय गर्नुपर्ने हुन्छ।”

sahani furniture udyog

जनता समाजवादी पार्टीले सरकारको यो कदमलाई स्थानीय प्रशासनिक संरचनाको तोडफोडका रूपमा लिएको बताउँदै तत्काल निर्णय फिर्ता लिन आग्रह गरेको छ। अन्यथा, कडा विरोध कार्यक्रम सुरु हुने चेतावनी दिएको छ।

यस विषयमा कपिलवस्तु जिल्लाका अन्य राजनीतिक दल र स्थानीयवासीहरूको धारणा कस्तो छ भन्ने थप प्रतिक्रियाहरूको प्रतिक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.