देशभर मौसम बदली,सामान्य वर्षाको सम्भावना

0
Quantam abroad studies

पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो केही स्थानमा सामान्य वर्षाको सम्भावना छ।

महाशाखाका मौसमविद्का अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। हिजो साँझ पश्चिम नेपालबाट सुरु भएको बदली आज अधिकांश क्षेत्रमा फैलिएको हो।

sahani furniture udyog

महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

आज सुदूरपश्चिमका धेरै स्थान, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। बिहान तराई र उपत्यकाका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.