ताैलिहवामा भारतीय अण्डाको बिगबिगी

0
Quantam abroad studies

कपिलवस्तु, तौलिहवा – नेपाली बजारमा अण्डाको मूल्य अस्वाभाविक रूपमा बढेसँगै कपिलवस्तुका विभिन्न क्षेत्रमा भारतीय सेताे अण्डाको तस्करीले व्यापकता पाएको छ। खासगरी तौलिहवा बजारमा भारतीय अण्डाको आपूर्ति वृद्धि हुँदै गएको छ। गुणस्तरहीन यस्ता अण्डाहरू सहजै बजारमा पाइने र नेपाली उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने स्थिति सिर्जना भएको पोल्ट्री व्यवसायीहरूले बताएका छन्।

स्थानीय व्यापारीहरूका अनुसार, हाल नेपाली अण्डाको खुद्रा मूल्य प्रति क्यारेट ४५०–५५० रुपैयाँ पुगेको छ, जसका कारण सस्तो भारतीय अण्डाको माग बढेको हो। भारतीय अण्डाको मूल्य नेपाली बजारमा ३००–३५० रुपैयाँ प्रति क्यारेट पर्छ।

तस्करीबाट भित्रिने यी अण्डाहरू बजारमा सस्तो मूल्यमा बिक्री गरिँदा उपभोक्ताहरू आकर्षित भएका छन्। तर, यस्ता अण्डाहरूको स्वास्थ्यमा पार्ने असरप्रति उपभोक्ताहरू सचेत नभएको व्यवसायीहरूको गुनासो छ।

खाद्य तथा गुणस्तर विभागले समय-समयमा यस विषयमा चेतावनी जारी गरे पनि तस्करी नियन्त्रण गर्न भने प्रभावकारी कदम चालिएको छैन।”सेतो अण्डाको उत्पादन प्रक्रियामा कुखुरालाई हानिकारक हर्मोन र औषधिहरू खुवाइने सम्भावना उच्च हुन्छ, जसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने देखीन्छ ।

बढ्दो तस्करी

भारतीय सीमासँग जोडिएका ग्रामीण क्षेत्रहरूबाट अवैध रूपमा अण्डा भित्र्याउने क्रम तीव्र भएको छ। तस्करीका लागि साइकल, मोटरसाइकल र ठूला गाडीको प्रयोग भइरहेको छ। स्थानीय स्रोतका अनुसार, रातको समयमा सुरक्षा निकायहरूको नजर छल्दै सीमाबाट अण्डा भित्र्याइन्छ।

स्वास्थ्य जोखिम र आर्थिक प्रभाव

sahani furniture udyog

भारतीय अण्डाको बजारमा बिगबिगीका कारण नेपाली अण्डा उत्पादक किसानहरूले ठूलो घाटा बेहोर्नु परेको छ। महँगो उत्पादन लागतका कारण उनीहरूले भारतीय अण्डासँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

स्वास्थ्य विज्ञहरूका अनुसार, अवैध रूपमा भित्र्याइएका अण्डाहरू उचित निरीक्षण बिना नै बजारमा बेचिने हुँदा उपभोक्ताहरूलाई स्वास्थ्यसम्बन्धी समस्या हुन सक्ने जोखिम छ।

व्यापारीहरूले तस्करी नियन्त्रणका लागि सरकारी निकायसँग कडा कदम चाल्न माग गरेका छन्। तर, अहिले सम्म सीमा सुरक्षा तथा बजार अनुगमनमा खासै प्रभावकारी काम भएको देखिएको छैन।

उपभोक्ताहरू भने सस्तो भारतीय अण्डा किन्नु आफ्नो बाध्यता भएको बताउँछन्। नेपालको अण्डा महँगो भएकोले भारतीय अण्डा किन्नुपरेको हो। तर, स्वास्थ्यका लागि यो राम्रो हो कि होइन, थाहा छैन।”

कपिलवस्तुका बजारमा बढ्दो भारतीय अण्डाको बिगबिगीले नेपाली उत्पादन र उपभोक्ताको स्वास्थ्य दुवैलाई जोखिममा पारेको छ। तस्करी नियन्त्रण र उपभोक्ता सचेतनाका लागि तत्काल कदम चाल्न आवश्यक देखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.