
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि सरकार र सत्तारूढ दलहरू प्रति कडा असन्तुष्टि जनाएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार साँझ भूमिसम्बन्धी अध्यादेश जारी गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत सरकारमाथि कटाक्ष गरेका छन्। उनले खोला तथा खुलामञ्चका जग्गा बाँड्न अध्यादेश ल्याइएको भन्दै आलोचना गरेका छन्।
‘अब खोला मात्रै हैन, टुँडिखेल खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्। उनले सत्तारूढ दलका कार्यकर्ताहरूलाई बधाई दिँदै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका छन्।

यो विषयले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ भने सरकारको निर्णयप्रति विभिन्न कोणबाट आलोचना भइरहेको छ।
