चितवनको सडकमा कुटपिट गर्ने प्रहरी निलम्वित, घटना पुस १५ को

0
Quantam abroad studies

चितवनको भरतपुर सडक क्षेत्रमा एक व्यक्तिमाथि प्रहरीले गरेको कुटपिटको घटना गत पुस १५ गते भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, अस्थायी प्रहरी पोष्ट गणेशस्थान बिटमा कार्यरत असई बुद्धिबहादुर घर्तीले मध्यराति ती युवकलाई कुटपिट गरेका थिए।

घटनाको विषयमा असई घर्तीलाई निलम्बन गरिएको छ। भरतपुर महानगरपालिका–११ बसेनी चोकमा प्रहरीले एक व्यक्तिलाई कुटपिट गरिरहेको भिडियो सार्वजनिक भएपछि उनलाई निलम्बनमा राखिएको हो।प्रहरीले कुटाइखाने व्यक्ति भरतपुरकै स्थानीयबासी रहेको जानकारी दिएको छ।

चितवन प्रहरीले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। भिडियोमा सवारी चेकजाँचको क्रममा युवकलाई कुटपिट गरिएको देख्न सकिन्छ। मोटरसाइकलको लाइसेन्स चेक गर्ने क्रममा सडकपेटी छेउमा सेतो सर्टमा रहेका युवकलाई प्रहरीले बुटले पटकपटक हानेको भिडियोमा देखिएको छ।

sahani furniture udyog

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.