कपिलवस्तुको बुद्धभूमिमा बेवारिसे अवस्थामा ४३ किलो गाँजा फेला

0
Quantam abroad studies

कपिलवस्तु, बुद्धभूमि नगरपालिका–३ टाकुकाे मर्सी गाउँमा प्रहरीले ४३ किलो २४ ग्राम बेवारिसे गाँजा बरामद गरेको छ। अवैध गाँजाको ओसारपसार र कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सोमबार उक्त गाँजा फेला पारेको हो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहनमणि अधिकारीका अनुसार, मर्सी जङ्गलको खाली चौरमा रुखको फेदमा प्लास्टिकका तीन बोरामा लुकाइ राखिएको अवस्थामा गाँजा फेला परेको थियो।

sahani furniture udyog

डिएसपी अधिकारीले अवैध गाँजा कारोबारमा संलग्न व्यक्तिहरूको पहिचानका लागि अनुसन्धान जारी रहेको जानकारी पनि दिएका छन्। यो घटनाले क्षेत्रीय सुरक्षामा थप सतर्कता अपनाउनु पर्ने आवश्यकता औंल्याएको छ।


अवैध कारोबारीहरूलाई पक्राउ गर्न प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटिरहेको छ। स्थानीय बासिन्दालाई शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.