
शहबाज खान , कपिलवस्तु
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टको नेतृत्वमा मिति २०८१।०९।१७ देखि २०८१।०९।२१ सम्म मासिक बैठक तथा मातहत प्रहरी इकाईहरूको निरीक्षण सम्पन्न भएको छ।
बैठकका क्रममा भट्टले भारतीय सीमावर्ती नाकाहरूमा हुने चोरी तस्करी नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण, प्रमुख स्थानहरूको सुरक्षा, र नागरिकहरूप्रति प्रहरीको तत्परता जस्ता विषयमा निर्देशन दिनुभएको छ। उहाँले प्रहरी आचारण सुधार, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, र प्रहरी तथा नागरिकबीच सुमधुर सम्बन्ध कायम गर्नुपर्नेमा विशेष जोड दिनुभएको थियो।

निरीक्षण मूल्याङ्कनमा इलाका प्रहरी कार्यालय गणेशपुर कपिलवस्तु सर्वोत्कृष्ट कार्यालयको रूपमा छनोट भएको छ। कार्यालय प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्दलाई नगद पुरस्कार र प्रशंसा-पत्रद्वारा सम्मान गरिएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक **लोकेन्द्र जी.सी.**लाई “पौष महिनाको उत्कृष्ट प्रहरी (Police of the Month)” घोषणा गर्दै प्रशंसा-पत्रद्वारा सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बताएको छ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले यस्तो पहलले प्रहरी कर्मचारीलाई थप उत्साह र जिम्मेवारीका साथ सेवा गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेको छ।
