
अछामको दुई किशोरी मृत्यु प्रकरणमा प्रहरीले दुई युवालाई सोधपुछका लागि भन्दै पक्राउ गरेको छ ।
उनीहरूलाई आइतबार साँझ ढकारी गाउँपालिकाबाट पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूको परिचय खुलाइएको छैन । दुवैजना २० वर्षभन्दा कम उमेरका युवा भएको बताइएको छ ।ढकारी गाउँपालिका ८ की १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको सोही गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिबार साँझ शव फेला परेको थियो ।
शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए ।

मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र इशरा भदै हुन् ।
परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरिरहेका छन् । सोही क्रममा दुई युवा पक्राउ परेका हुन् ।
