मायादेवी गाउँपालिकामा निमित्त प्रमुख तेलीको कार्यशैली माथी कर्मचारीहरुनै पिडित ।

0
Quantam abroad studies

कपिलवस्तु, माघ २२ गते

कपिलवस्तुको मायादेवी गाउँपालिकामा कर्मचारी व्यवस्थापनको शैली प्रति गम्भीर प्रश्न उठ्न थालेका छन् । हाल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेलीले विभिन्न बहानामा कर्मचारीहरूलाई मानसिक तनाव दिने गरेको आरोप कर्मचारीहरूले लगाएका छन् ।


हालैको एक घटनामा, गाउँपालिकाका कम्प्युटर अपरेटर कमल चौधरी विदाको समयमा घर गएको भए पनि आकस्मिक कारणबस कार्यालय आउन नसक्ने अवस्थामा पुगेका थिए । यसबारे जानकारी उनले प्रशासन शाखा प्रमुख रमेश तेलीलाई गराएका थिए । रमेश तेलीले उक्त जानकारी सामान्य रूपमा स्वीकारे पनि, निमित्त प्रमुख रामकृष्ण तेलीले चौधरीलाई फोन गरी ‘तिम्रो पत्र कट्दै छु’ भन्दै मानसिक तनाव दिने भाषा प्रयोग गरेको बताइएको छ । कर्मचारीहरूको भनाइमा, यो पहिलो घटना होइन । रामकृष्ण तेली निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेदेखि नै आफ्ना कर्मचारीहरूलाई पटक–पटक धम्की दिने, सरुवाको त्रास देखाउने तथा मानसिक रूपले तनाव दिने काम गरिरहेका छन् । गाउँपालिकामा पछिल्लो समय कर्मचारी सरुवामा पारदर्शिता नदेखिएको गुनासो व्यापक रूपमा उठेको छ । कर्मचारीहरूका अनुसार, निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेपछि रामकृष्ण तेलीले आफ्ना नजिकका तथा सम्बन्धित कर्मचारीहरूलाई राम्रो ठाउँमा सरुवा गर्दै आएका छन् भने अन्य कर्मचारीहरूलाई अलपत्र पार्ने शैली अपनाएका छन् । वडा नं. १ मा कार्यरत वडा सचिव रमेश तेलीलाई पालिकाको स्टोरमा सरुवा गरिएको छ । त्यस्तै, फुलिका स्वास्थ्य चौकीमा कार्यरत सरिता साहलाई स्वास्थ्य शाखामा ल्याइएको छ ।

sahani furniture udyog


सरिता साहलाई स्वास्थ्य शाखाको प्रमुख बनाउने उद्देश्यले सरुवा गरिएको एक कार्मचारीले भने । हाल स्वास्थ्य शाखा प्रमुख रहेका महेन्द्र यादवलाई विभिन्न आधारहरू देखाई जिम्मेवारीबाट हटाउने योजना रहेको कर्मचारीहरूले बताएका छन् । यस प्रकारको व्यवस्थापन प्रणालीले गाउँपालिकाभित्रको कार्यसम्पादन प्रभावित हुने र कर्मचारीहरूमा नैराश्यता बढ्ने देखिएको छ ।पालिकाभित्र स्थायी कर्मचारीहरू रहेर पनि उनीहरूलाई बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । प्रशासनमा स्थायी कर्मचारीहरूसँग परामर्श नगरी महत्वपूर्ण पदहरू करारमा रहेका व्यक्तिहरूलाई दिनु पालिकाको कार्यशैलीप्रति शंका उत्पन्न गर्ने कार्य हो । पालिकाको योजना शाखाको प्रमुख पद करारका सूचना प्रविधि अधिकृत रामचन्द्र चौधरीलाई दिइएको छ । जबकि, सोही कार्यालयमा अनुभवी स्थायी कर्मचारीहरू हुँदा–हुँदै पनि उनीहरूको भूमिका गौण बनाइएको छ ।


पालिकामा बढ्दो असन्तुष्टि तथा मनोवैज्ञानिक तनावका कारण कर्मचारीहरूको मनोबल कमजोर हुँदै गएको छ । प्रशासनिक निर्णयहरू पारदर्शी बनाउनुपर्ने, सरुवा प्रक्रियामा निष्पक्षता अपनाइनुपर्ने कर्मचारीमाथि अनावश्यक मानसिक तनाव नदिइनुपर्ने कार्य भएको भए राम्रो हुने एक कार्मचारीले भने ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.