१२ हजार भोल्टको करेन्ट लागेर अमिनको मृत्यु

0
Quantam abroad studies

राैतहट स्थित बिधुतकाचे १२ हजार भोल्टको तारबाट करेन्ट लागेर एक जना अमिनको मृत्यु भएको छ। 

जिल्लाको मध्यभाग गरुडा–४ घरभएर गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।एक सार्वजनिक घरको नापी गर्न गएको क्रममा घरको छतबाट फोन गर्ने क्रममा भुलबस १२ हजार भोल्टको तार छुन गई अमिन साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवले बताएका छन्। 

लगत्तै, गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्सबाट बिरगंज गण्डक अस्पताल लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिए । 

sahani furniture udyog

मृतक अमिन रामजी साहको शव पोष्मार्टमका लागि नारायणी अस्पताल वीरगंजमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताएका छन्। 

मृतक अमिनको १ छोरा र १ छोरी रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.