मायादेवी गाउँपालिकामा योग्य कर्मचारी वेवास्ता गर्दै निमित्त प्रमुख : तेली

0
Quantam abroad studies


कपिलवस्तु ,माघ २३ गते
मायादेवी गाउँपालिका कपिलवस्तुका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण तेलीले आफ्नो नजिकका कर्मचारीहरूलाई राम्रो पदमा राख्दै अन्य योग्य कर्मचारीहरूलाई वेवास्ता गरेको आरोप लाग्दै आएको छ । तेलीले प्रशासन शाखा र स्टोर शाखाको प्रमुखको रूपमा सहायक चौथो श्रेणीका खरिदार रामेश गुप्ता (तेली)लाई जिम्मेवारी दिएका छन् । जबकि, पालिकाको दरबन्दी अनुसार प्रशासन शाखाको प्रमुखमा प्रशासन सहायक पाँचौँ तहको कर्मचारी राख्नुपर्ने व्यवस्था छ ।
पालिकामा पाँचौँ तहका कर्मचारीहरू हुँदाहुँदै पनि, निमित्त प्रमुख तेलीले आफ्नै जातपातका नजिकका कर्मचारीलाई महत्त्वपूर्ण शाखामा राख्नु स्वार्थपूर्तिको संकेत गरेको एक कर्मचारीले बताए् । पाँचौँ तहका कर्मचारीहरू वडा सचिवको रूपमा कार्यरत हुँदा चौथो तहका कर्मचारीलाई दुई–दुई वटा महत्त्वपूर्ण शाखाको प्रमुख बनाउनु, योग्यता र वरिष्ठतालाई बेवास्ता गरिएको ति कर्मचारीले बताए ।
यस्तै, स्वास्थ्य शाखामा पनि जातपातको आरोप लाग्न थालेको छ । निामित्त प्रमुख प्रशासकीय अधिकृत तेलीले सरिता गुप्ता (तेली)लाई हरनामपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट गाउँपालिकाको स्वास्थ्य शाखामा सरुवा गरेका छन् । गाउँपालिकाको ठूलो स्वास्थ्य संस्थामा बिरामीको चाप हुने हुँदा, त्यहाँको कर्मचारीलाई पालिकामा ल्याउँदा स्वास्थ्य सेवामा प्रतिकूल असर परेको स्थानीयले बताएका छन् ।
जातपातको आधारमा गरिएको यो निर्णयले गाउँपालिकामा निष्पक्षता र सुशासनको अभाव देखिएको स्थानीय बासिन्दाहरूको गुनासो छ । ’जातपातको आधारमा राम्रो ठाउँमा गरिएको हो कि भन्ने शंका छ,’ एक स्थानीयले भने, ‘यसले सम्पूर्ण गाउँपालिकाको कार्यसम्पादनमा नकारात्मक असर पार्ने सम्भावना देखिएको छ ।’
यस विषयमा मयादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम कृष्ण तेलीको धारणा लिन खोज्दा, उनी संग सम्पर्क हुन् सकेन ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.