
कपिलवस्तु — जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय सुनाइएका फरार अभियुक्त पक्राउ परेका छन्।
महाराजगन्ज नगरपालिका–२, उनवलियाका ३१ वर्षीय रामबहादुरप्रसाद कुर्मीलाई प्रहरीले मंगलबार साँझ गाउँबाटै पक्राउ गरेको हो। पक्राउपछि उनलाई जिल्ला अदालतमा पेश गरिएको थियो।

वडा प्रहरी कार्यालय चन्द्रौटाका निरीक्षक सुजन शाहका अनुसार अदालतले बुधबार कुर्मीलाई कारागार चलान गरेको छ। २०७९ जेठ १३ गते अदालतले उनलाई ४ वर्ष ८ महिना १३ दिन कैद सजायको फैसला सुनाएको थियो।
यो घटना २०७७ मा भएको बताइएको छ।
