चैत १५ मा काठमाडौँमा समाजवादी ले राजावादी विरूद जनप्रदर्शनको घोषणा

0
Quantam abroad studies

काठमाडौँ – समाजवादी मोर्चा नेपालले यही चैत १५ गते राजधानी काठमाडौँमा बृहत जनप्रदर्शन गर्ने घोषणा गरेको छ। मोर्चाले हालै राजावादी पक्षधरहरूले गरेको प्रदर्शनलाई प्रतिरोध गर्न तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति जनमत सुदृढ बनाउन उक्त प्रदर्शनको आयोजना गर्न लागेको जनाएको छ।

आज ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा मोर्चाका सचिवालयका सचिव खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले पछिल्लो राजनीतिक परिवेश र जनताको अधिकार कुण्ठित गर्ने प्रयासहरूविरुद्ध सशक्त सन्देश दिन प्रदर्शनको तयारी गरिएको जानकारी दिए।

उनका अनुसार गणतन्त्रको विकासमा गतिहीनता, सरकारी मनोमानी र जनविरोधी गतिविधिहरूको कारण जनता असन्तुष्ट छन्। यस्तै अवस्थालाई मौका बनाएर प्रतिगामी शक्तिहरू राजतन्त्र पुनःस्थापनाको षड्यन्त्रमा लागिपरेको मोर्चाको आरोप छ।

sahani furniture udyog

मोर्चाले जनप्रदर्शनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्धता दोहोर्याउने तथा जनअधिकारको रक्षा गर्न दबाबमूलक सन्देश प्रवाह गर्ने जनाएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.