‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा राप्रपानिकट १ युवक पक्राउ 

0
Quantam abroad studies

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनमा आबद्ध निराजन बम छन् ।

शनिबार (चैत २) गते मकवानपुरको हेटौँडामा उनले प्रचण्डको तस्बिर जलाएका थिए । आइतबार (चैत ३) गते चितवनबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जानकारी दिएको छ ।

भरतपुर विमानस्थल हुँदै काठमाडौं आउन लागेका बेला उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

sahani furniture udyog

बमले शनिबार हेटौँडामा आयोजित संगठनको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.