‘राजाले मित्रराष्ट्रसँग फ्याक्ट्री माग्थे, अहिले आफ्नो क्षेत्रमा सभाहल र रंगशाला माग्छन्’

0
Quantam abroad studies

राप्रपा सांसद दीपक सिंहले राजाको पालमा जनताको लागि रोजगारी हुने उद्योग मागेको र अहिलेका नेताहरूले आफ्नो क्षेत्रमा पूर्वाधार मागेको बताएका छन् ।

बुधबार प्रतिनिसभाको बैठकमा बोल्दै उनले संसद बसेको भवन पनि चीन सरकारसँग राजाले मागेर बनाएको बताए ।

sahani furniture udyog

‘साथीहरूले भन्ने गरेका थिए राजाको पालमा के ल्यायो त जनताले ? वास्तवमा तपाईं हामी जुन यो हलमा बसिराखेका छौँ राजा वीरेन्द्रको पालमा चाइन भिजिट गर्दा यो अन्तर्राष्ट्रियस्तरको सभाहल चाहियो भनेर मागेको हो,’ उनले भने, ‘हिजो भर्खर चाइना जाँदा के मागे आफ्नो क्षेत्रमा एउटा सभाहल मागे । अर्कोले आफ्नो तिर रंगशाला मागे । राजाले हिजो मित्रराष्ट्रसँग चिनी कारखाना मागे सिमेन्ट फ्याक्ट्री मागे चुरोट कारखाना मागे । नेपालीका छोरालाई रोजगारी दिलाउनको लागि देशमा ठूला कारखाना खोले ।’

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.