
आइतबारदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ३०.५२ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन आइतबार नेप्से परिसूचक ५३ अंकले घटेको थियो।
परिसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको हो। आइतबार ६ अर्ब ३२ करोडको सेयर कारोबार भएकोमा ४ अर्ब ४८ को सेयर खरिदबिक्री भयो।नेप्से दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स सेयर सर्वाधिक ९.२९ प्रतिशतले बढ्यो। पोखरा फाइनान्सको सेयर ७.४७ प्रतिशतले बढ्दा समृद्धि फाइनान्सको ६.३० प्रतिशतले बढ्यो।

