गुल्मीमा बाँदर धपाउने विद्युतीय तारले लियो महिलाको ज्यान

0
Quantam abroad studies

गुल्मी, चैत्र १३ – बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर गुल्मीमा एक महिलाको ज्यान गएको छ। मुसिकोट नगरपालिका–७ की ६० वर्षीया चन्द्रकला कुमालको करेन्ट लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

प्रहरीका अनुसार चन्द्रकलाका श्रीमान् कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर धपाउनका लागि विद्युतीय तार जडान गरेका थिए। सोही तारमा पर्न जाँदा चन्द्रकला गम्भीर घाइते भएकी थिइन्। उनलाई तुरुन्तै लुम्बिनी वामी अस्पताल पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको डीएसपी गंगा बहादुर सारुले जानकारी दिए।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.