काठमाडौंमा आइपीएल क्रिकेटमा सट्टाबाजी गर्ने ११ भारतीय पक्राउ

0
Quantam abroad studies

काठमाडौंको बूढानीलकण्ठस्थित भाडाको घरबाट अनलाइन सट्टाबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ११ जना भारतीय नागरिक पक्राउ परेका छन्।

महानगरीय अपराध अनुसन्धान महाशाखाले दिएको जानकारीअनुसार, पक्राउ परेकाहरूले अनलाइन जुवामार्फत २ अर्ब रुपैयाँभन्दा बढीको सट्टाबाजी सञ्चालन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले ९६ लाख ३३ हजार रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको पनि खुलेको छ।

प्रहरीले मंगलबार साँझ ५:१५ बजे बूढानीलकण्ठ-३, देउला टोलस्थित भाडाको घरमा छापा मार्दा उनीहरू सट्टाबाजी सञ्चालन गरिरहेको अवस्थामा भेटिएका थिए।

आइपीएलमा सट्टाबाजी

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहोराका अनुसार, पक्राउ परेका व्यक्ति इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगितासहित विभिन्न खेलहरूमा सट्टाबाजी सञ्चालन गरिरहेका थिए।

sahani furniture udyog

छापामार कारबाहीमा प्रहरीले ३४ वटा मोबाइल फोन, ५ वटा ल्यापटप, ४ वटा हिसाब किताब अभिलेख रहेको नोटबुक, १४ वटा भारतीय बैंक खाताका चेकबुक, २७ वटा भारतीय एटीएम कार्ड र ४० वटा भारतीय सिमकार्ड बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरू

प्रहरीका अनुसार पक्राउ पर्नेहरू जयपुरका २४ वर्षीय सनी मिणा, आलुवाका २५ वर्षीय मोहित वर्मा, शिक्करका २६ वर्षीय पिउस भारद्वाज, जयपुरकै २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशांत भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकित कुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार रहेका छन्।

थप अनुसन्धान जारी

महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार, गिरोहका अन्य सदस्यहरूबारे पनि अनुसन्धान जारी रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.