लुम्बिनी प्रदेशमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

0
Quantam abroad studies

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई छ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । 

जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत यसपटक ४६ वटा खेलहरू खेलाइएको थियो ।  यी सबै खेल पहिलो पटक काठमाडौँ बाहिर रूपन्देहीका रहेको सिद्धार्थ क्रिकेट रंगशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रंगशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तर्राष्ट्रिय रङ्गशालामा आयोजना भएको हो ।

sahani furniture udyog

 प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको विभागीय टोली सहित १० वटा टोलीहरूले सहभागिता जनाएका थिए ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.