वीरगन्जमा कर्फ्यु आइतबार राति १२ बजेसम्म बढाइयो

0
Quantam abroad studies

वीरगन्जमा हनुमान जयन्तीका अवसरमा शनिबार आयोजित शोभायात्रामा दुई समुदायबीच भएको झडपपछि अवस्था तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणमा राख्न स्थानीय प्रशासनले शनिबार साँझ साढे ६ बजेदेखि जारी गरेको कर्फ्यु आइतबार राति १२ बजेसम्मका लागि बढाइएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु क्षेत्र तोकिएको छ। कर्फ्यु अवधिमा आवतजावत, भेला, सभा, प्रदर्शन, र्याली लगायतका क्रियाकलापमा रोक लगाइएको छ।

sahani furniture udyog

आइतबार बसेको सर्वदलिय बैठकले सामाजिक सद्भाव कायम गर्न अपिल गर्दै झडपमा संलग्न जोकोहीलाई कानूनी कारबाही गर्नुपर्ने र घाइतेको उपचार राज्यको तर्फबाट गर्नुपर्ने निर्णय गरेको छ।

यसैबीच, वीरगन्ज महानगरपालिकाद्वारा नयाँ वर्ष २०८२ को स्वागतमा आयोजना गरिएको तीन दिने ‘रात्रि बजार’ कार्यक्रम कर्फ्युका कारण शनिबारदेखि स्थगित गरिएको छ। पुरानो बसपार्कमा सञ्चालनमा ल्याइएको रात्रि बजारले शहरको अर्थतन्त्रमा योगदान पुर्‍याउने अपेक्षा गरिएको थियो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.