आज देखि नयाँ सिरिजको ५ रुपैयाँको नोट बजारमा

0
Quantam abroad studies

काठमाडौं– नेपाल राष्ट्र बैंकले नयाँ सीरीजको ५ रुपैयाँ दरको नोट आज वैशाख २ गते मंगलवारदेखि प्रचलनमा ल्याउने भएको छ । यो नयाँ नोट पुरानै साइज र रंगमा भए पनि नम्बर सीरीज ‘न४५ ०००००१’ देखि ‘भ१८ ९९९९९९’ सम्मका नोटहरू क्रमशः बजारमा आउने बैंकले जनाएको छ ।नयाँ नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको छ । नोटको अगाडिको भागमा सगरमाथा, लालीगुराँसको छाप तथा ‘वि.सं.२०८१’ उल्लेख गरिएको छ भने पछाडिको भागमा नेपाल राष्ट्र बैंकको नाम, वन्य याक, लिमी क्षेत्रको हिमाली दृश्य, साथै अंकित गरिएको छ । साथै Rupees Five र 2024 AD अंकित गरिएको छ ।

यस नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त’ भन्ने वाक्य पनि उल्लेख गरिएको छ, जुन सरकारी विश्वसनीयताको संकेत हो ।नेपाल राष्ट्र बैंकका अनुसार यसअघि २०७७ मंसिर १० मा जारी गरिएको ५ रुपैयाँको नोटहरू मध्ये ०००००१ देखि ५६०००० सम्मका मात्रै प्रचलनमा ल्याइएका थिए, बाँकी भने हालसम्म बजारमा आएका थिएनन् ।

sahani furniture udyog
sahani furniture udyog
Leave A Reply

Your email address will not be published.