
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियानलाई पश्चिम नवलपरासीमा निरन्तरता दिएको छ। आज बिहान अभियानका सहभागीहरूले ६ किलोमिटर ‘मर्निङवाक’ गरेका थिए।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दघाट–४ बाट पैदल यात्रा गर्दै सहिद सूर्यविक्रम थापाको सालिकमा माल्यार्पण गरेका थिए। त्यसक्रममा उनले सहिद परिवार र शुभेच्छुकसँग भेटघाट गरेका थिए।
विनयी त्रिवेणीधाममा स्थानीयसँग समसामयिक विषयमा छलफल गरिएको छ भने पाल्हीनन्दन गाउँपालिका–५ राधाकृष्ण माविको प्राङ्गणमा जनसभा आयोजना गरिएको छ। परासी लगायतका स्थानमा कार्यक्रम गर्ने तयारी रहेको माओवादी केन्द्रले जनाएको छ।

पार्टीले जनताका समस्या बुझी समाधानका लागि पहल गर्न अभियान चलाइएको बताएको छ।
