धाकधम्कीमार्फत व्यापारीबाट रकम असुल्ने पत्रकार पक्राउ 

0
Quantam abroad studies

बारा, बैशाख ५ – पत्रकारको पहिचान दाबी गर्दै व्यवसायीहरूसँग रकम असुली गर्ने प्रयासमा संलग्न भएको आरोपमा एक व्यक्ति बारामा पक्राउ परेका छन्।

पक्राउ परेका व्यक्ति पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा निवासी ४५ वर्षीय विष्णु सर्राफ हुन्, जो हाल नवगाटोल, वडा नं. १६ मा बसोबास गर्दै आएका छन्। उनलाई बारा जिल्लाको प्रसौनी गाउँपालिका–३ स्थित गण्डक चोकबाट बैशाख ४ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए।

डीएसपी पण्डितका अनुसार, पत्रकारको पहिचान देखाउँदै सर्राफले व्यापारीहरूलाई विभिन्न किसिमका धम्की दिँदै रकम असुल गर्ने प्रयास गरिरहेको भन्ने सूचना प्रहरीसमक्ष प्राप्त भएको थियो। यसै आधारमा खोजी र निगरानी गर्दै जाँदा उनलाई नियन्त्रणमा लिइएको हो।

sahani furniture udyog

हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। यद्यपि, पक्राउ परेका सर्राफले धम्की दिएर रकम लिएको ठोस प्रमाण भने अहिलेसम्म फेला नपरेको प्रहरीको भनाइ छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.