
दाङको गढवा गाउँपालिका–५ चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटनामा परिँदा २१ जना यात्रु घाइते भएका छन्।
भारतको लखनउबाट पोखरा भ्रमणका लागि जाँदै गरेको युपी ३२ एमएन ९६६६ नम्बरको बस चिसापानीको ओरालोमा अनियन्त्रित भई दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक कालिका कार्कीका अनुसार बसमा जम्मा २५ जना यात्रु सवार थिए।
दुर्घटनामा घाइते भएका यात्रुहरूलाई तत्काल उद्धार गरी लमही अस्पतालमा उपचारका लागि पठाइएको छ।

बस कोइलाबास–लमही सडक खण्डमा चलिरहेको थियो र अनियन्त्रित हुँदा सडकबाट तल खसेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ।
