शिक्षक आन्दोलनले कक्षा १२ काे परिक्षा नराेकिने

0
Quantam abroad studies

काठमाडौं — शिक्षकको आन्दोलन र अनिश्चितताको घेराबीच पनि कक्षा १२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान सम्पन्न बैठकले परीक्षा सार्ने चर्चा अन्त्य गर्दै निर्धारित मिति वैशाख ११ गतेबाटै परीक्षा सुरु गर्ने निर्णय गरेको हो।

परीक्षा रोक्ने कि अगाडि बढाउने भन्ने विषयमा अन्योल रहे पनि सरकारले दृढता देखाएको छ। शिक्षा क्षेत्रमा देखिएको अस्थिरता समाधान हुन नसकेको अवस्थामा पनि सरकारले निजामती कर्मचारी परिचालन गरेरै परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार, आन्दोलनरत शिक्षकहरुलाई परीक्षा प्रक्रियामा सहभागी हुन पुनः आग्रह गर्ने निर्णय गरिएको छ। “परीक्षा राष्ट्रको भविष्यसँग जोडिएको विषय हो, यसलाई राजनीति र आन्दोलनको चपेटामा पर्न दिन मिल्दैन,” अध्यक्ष शर्माले बताए।

sahani furniture udyog

हाल देशभरका शिक्षकहरु शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलनमा छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन चलिरहेको छ भने चैत २५ देखि देशव्यापी शैक्षिक हडताल घोषणा गरिएको छ। आन्दोलनकारी शिक्षकहरुले परीक्षा प्रक्रिया बहिष्कार गर्ने चेतावनी दिँदै आएका छन्।

सरकार र आन्दोलनरत पक्षबीच धेरैपटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन। यही दबाबबीच शिक्षामन्त्री विद्या भट्टराईले सोमबार पदबाट राजीनामा दिएकी छिन्।

यति बेला शिक्षक आन्दोलनले शिक्षा क्षेत्रलाई तनावग्रस्त बनाइरहेका बेला सरकार परीक्षा सफल बनाउन दृढ देखिएको छ। अबको चुनौती भनेको निर्धारित मितिमा परीक्षा सञ्चालन गर्नु र त्यसको स्वच्छता कायम गर्नु नै हुनेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.