भारतीय विद्युत् मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमणमा

0
Quantam abroad studies

काठमाडौं — भारतका विद्युत्, आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल खट्टर दुई दिने नेपाल भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपालको भ्रमणमा आएका हुन्।

भ्रमणको पहिलो दिन उनले संखुवासभाको तुम्लिङटारमा भारतको सहयोगमा निर्माण सम्पन्न २२० केभी क्षमताका तीनवटा प्रसारण लाइन र सबस्टेसनहरुको संयुक्त उद्घाटन गरे।

आजै उनले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको अवलोकन गरे। साथै, अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसनबीच समझदारीपत्रमा हस्ताक्षर भयो।

sahani furniture udyog

बुधबार खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्नेछन्। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट तथा साँझ पशुपतिनाथ दर्शनपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.