निरन्तरको वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ पूर्ण अवरुद्ध

0
Quantam abroad studies

निरन्तर वर्षाका कारण पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडक खण्ड र हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएका छन्।

दाउन्ने खण्डमा सडक चिप्लो बनेपछि सवारीसाधन रोकिएको र लामो लाइन लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। सडक विस्तारका कारण राति ११ बजेदेखि बिहान ५ बजेसम्म नियमित बन्द हुने यो खण्ड वर्षाका कारण थप अवरुद्ध भएको हो।

यसैबीच, बागमती खोला डाइभर्सन बगाएपछि कान्ति लोकपथ पनि बिहान ६ बजेबाट पूर्ण रूपमा अवरुद्ध भएको छ। मकवानपुर र ललितपुरको सिमानामा खोलामा बाढी आएर डाइभर्सन बगाएको प्रहरीले जनाएको छ।

sahani furniture udyog

दुवै सडक खण्ड खुलाउने प्रयास जारी रहेको र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.