गोरुको मासुसहित पाँच जना पक्राउ

0
Quantam abroad studies

झापा,— झापाको गौरादह नगरपालिका–१ मा गोरुको मासुसहित पाँच जना पक्राउ परेका छन्। गएराति करिब १ बजे क्रसर उद्योग छेउबाट मासु बोरामा हालेर लैजाँदै गरेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा शंकर लिम्बू (२९), भागीप्रसाद नेम्वाङ (५३), तिलबहादुर नेम्वाङ (४५), जितबहादुर नेम्वाङ (१९) र सुकमती नेम्वाङ (३४) रहेका छन्। प्रहरीले सोधपुछ गर्दा मासु शंकर लिम्बूको घरमै काटिएको खुलासा भएको थियो।

sahani furniture udyog

लिम्बूको घरबाट बहरको टाउको, खुट्टा, छाला, अण्डकोषलगायत अवशेष बरामद भएको छ। करिब १५० केजी मासुसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.