
अमेरिकाको केन्टकी र मिसौरी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा २५ जनाको ज्यान गएको छ। केन्टकीमा १८ र मिसौरीमा ७ जनाको मृत्यु पुष्टि भएको बीबीसीले जनाएको छ।
मिसौरीमा करिब ५,००० भवनमा क्षति पुगेको छ भने दुवै राज्यमा करिब १ लाख ४० हजार घरधुरी विद्युत् सेवा विहीन छन्। सेंट लुइसका प्रभावित क्षेत्रहरूमा उद्धार कार्य जारी छ। दुर्घटना र चोरी रोक्न राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लागू गरिएको छ। अधिकारीहरूले मृत्यु संख्या अझै बढ्न सक्ने बताएका छन्।

