
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यक्रमहबारूमा पटक–पटक बोलाएर पनि अनुपस्थित हुने व्यक्तिहरूको नाम आगामी कार्यक्रमहरूमा नराख्न निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहलाई लक्षित गर्दै, “सधैँ बोलाउने तर नआउने” प्रवृत्तिप्रति असन्तोष जनाए। समितिका सदस्य रहे पनि साह बैठकमा सहभागी नभएको उल्लेख गर्दै ओलीले यस्तो व्यक्तिहरूको रेकर्ड हेरेर नाम नराख्न सुझाव दिए।

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाइनुपर्ने भन्दै सरकारी कार्यक्रममै भर पर्नु उचित नहुने बताए।
