नदीमा डुबेर एक किशोरीको मृत्यु, दुई बालबालिका अझै बेपत्ता

0
Quantam abroad studies

रुकुमपश्चिम — रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–९ र जाजरकोटको नलगाड नगरपालिका–८ को सीमामा पर्ने मन्मैस्थित ठुली भेरी नदीमा पौडी खेल्ने क्रममा एक किशोरीको ज्यान गएको छ भने दुई बालबालिका बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोट नलगाड–८ निवासी टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपालीको मृत्यु भएको हो। उद्धारपछि उनलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल लगिएको थियो, तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

sahani furniture udyog

शुक्रवार दिउँसो ठुली भेरी नदीमा पौडी खेल्ने क्रममा सो दुर्घटना भएको हो। भगवतीसँगै पौडी खेलिरहेका नलगाड–८ निवासी सुरेन्द्र कुसारीकी छोरी १२ वर्षीया आशा कुसारी र छोरा १० वर्षीय महेश कुसारी भने अझैसम्म बेपत्ता छन्।

प्रहरी टोली, स्थानीय बासिन्दा र पीडितका आफन्तहरूले बेपत्ताहरूको खोजी कार्य जारी राखेको जनाइएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.