कपिलवस्तुमा महाकाल युवा शक्तिको दोस्रो स्थापना दिवस भव्यताका साथ सम्पन्न

0
Quantam abroad studies

कपिलवस्तु – जिल्लाको तौलिहवास्थित बाल मन्दिरको सभाहलमा ‘महाकाल युवा शक्ति’को दोस्रो स्थापना दिवस एक भव्य कार्यक्रम बीच सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन दीप प्रज्वलन गरी गरिएको थियो। राष्ट्रिय गान लगत्तै हनुमान चालिसाको पाठ गर्दै कार्यक्रमलाई विधिवत रूपमा अगाडि बढाइएको थियो।

संस्थाका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा विशेषगरी हिन्दु धर्मको संरक्षण र समाजमा बढ्दै गएको विकृति तथा विसङ्गति न्यूनीकरण गर्ने विषयमा गम्भीर छलफल भएको थियो। कार्यक्रममा उपस्थित विभिन्न धर्मगुरुहरूले सहभागीहरूलाई धार्मिक ज्ञान तथा उपदेश समेत दिनुभएको थियो। कार्यक्रममा बोल्ने विभिन्न वक्ताहरूले धर्म, संस्कृति र राष्ट्रियताको रक्षार्थ युवा वर्ग एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

sahani furniture udyog

कार्यक्रममा राष्ट्रिय एकता दलका केन्द्रीय अध्यक्ष विनय यादव प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। यसैगरी, विशिष्ट अतिथिको रूपमा लुम्बिनी प्रदेश सभा सदस्य मधुसुदन शरण चौधरी, पूर्वमन्त्री दानबहादुर चौधरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी र रवि दत्त मिश्राको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्य अतिथिहरूमा साध्वी गंगेसा र रजनीकान्त चौधरीलगायतको उपस्थिति रहेको थियो। महाकाल युवा शक्तिका धर्मराज विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन राजेश सोनीले गर्नुभएको थियो।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.