पाकिस्तानसँगको द्वन्द्वपछि भ्रमणका क्रममा नरेन्द्र मोदी काश्मीरमा

0
Quantam abroad studies

कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँगको तनावपछिको पहिलो काश्मीर भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार पुगेका छन्। भ्रमणको क्रममा मोदीले विश्वकै अग्लो भनिएको चेनाब रेलवे आर्क पुलको उद्घाटन गरे।

भारत–पाकिस्तानबीचको विवादास्पद मुस्लिम बहुल क्षेत्र काश्मीरमा भारत सरकारले अर्बौं डलरका पूर्वाधार परियोजनाहरू अघि बढाएको छ। मोदीले उद्घाटन गरेको चेनाब पुल ३५९ मिटर उचाइमा दुई पहाड जोड्ने संरचना हो, जुन उधमपुर–श्रीनगर–बारामुल्ला रेलवे परियोजनाअन्तर्गत पर्छ।

२७२ किलोमिटर लामो यो रेलमार्गले जम्मू र श्रीनगरलाई जोड्नेछ र यात्रा समय झन्डै आधा घटाउनेछ। यो रेलवेले रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिएको छ, जसले मानिस, सामान र सुरक्षाकर्मीको आवागमन सजिलो बनाउने बताइएको छ।

sahani furniture udyog

गत महिनामात्र भारत र पाकिस्तानबीच चार दिन लामो झडप भएको थियो, जसमा ७० जनाभन्दा बढीको ज्यान गएको थियो। भारतले काश्मीरमा भएको आक्रमणमा पाकिस्तानको हात रहेको आरोप लगाए पनि पाकिस्तानले अस्वीकार गरेको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.