मोहन वैद्य एक हप्तादेखि अस्पतालमा

0
Quantam abroad studies

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ स्वास–प्रश्वाससम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।

गत जेठ १८ गतेदेखि त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत उनको स्वास्थ्य अवस्था स्थिर रहेको पार्टीले जनाएको छ।

पार्टीका कार्यवाहक महासचिव गौरवद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा महासचिव वैद्यको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिइएको हो।

sahani furniture udyog

“नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वाश–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि… उपचाररत हुनुहुन्छ,” विज्ञप्तिमा उल्लेख छ।

पार्टीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.