कपिलवस्तुमा सिलबन्दी गरिएका २ पेट्रोल पम्पलाई १–१ लाख जरिवाना

0
Quantam abroad studies

कपिलवस्तु – पेट्रोल र डिजेलको नापतौलमा अनियमितता गरेको आरोपमा कपिलवस्तुका दुई पेट्रोल पम्पलाई एक–एक लाख रुपैयाँ जरिवाना गरिएको छ।

गुणस्तर तथा नापतौल कार्यालय बुटवलका निरीक्षक निराजन पुडासैनीका अनुसार, कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा रहेको उमा ट्रेडिङ पेट्रोल पम्प र वडा नम्बर ४ स्थित ओझा पेट्रोल पम्प उपभोक्तालाई ठगी गर्ने कार्यमा संलग्न रहेको पाइएको हो।

उपभोक्ताबाट लगातार गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा जेठ २० गते तौलिहवा र आसपासका चारवटा पेट्रोल पम्पमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उमा ट्रेडिङ र ओझा पेट्रोल पम्पले नापतौलमा कम देखाएर उपभोक्तालाई ठगी गरिरहेको पाइएको निरीक्षक पुडासैनीले बताए।

“नापतौल ऐन २०२५” अन्तर्गत कारबाही गर्दै दुवै पम्पलाई तत्काल सिलबन्दी गरिएको र एक–एक लाख जरिवाना तिराइएको उनले जानकारी दिए।

sahani furniture udyog

सहायक प्रमुख जिल्ला अधिकारी अमर लामिछानेका अनुसार, कारबाहीमा परेका पम्पहरूलाई प्रविधिक नापजाँच गरिसकेपछि मात्र पुनः सञ्चालन अनुमति दिइनेछ।

“पेट्रोल पम्पजस्ता अत्यन्त संवेदनशील क्षेत्रमा उपभोक्ता ठगी सह्य हुने छैन। यस्ता क्रियाकलाप रोक्न थप अनुगमन तीव्र बनाइनेछ,” लामिछानेले भने।

गुणस्तर तथा नापतौल कार्यालयले उपभोक्ताहरूलाई यस्ता अनियमितता देखेमा तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ। “अनुगमनलाई थप प्रभावकारी बनाउँदै यस्ता घटनालाई रोक्ने प्रयास जारी राख्नेछौं,” निरीक्षक पुडासैनीले भने।

यो कारबाहीले स्थानीय तहमा प्रशासनको सक्रियता र उपभोक्ता अधिकारका लागि चासो बढेको देखिएको छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.