नेपाल–भारत नाकामा पुनः कोरोना परीक्षण सुरु

0
Quantam abroad studies

नेपालगन्ज, असार २ – भारतमा कोरोना सङ्क्रमण तीव्र रुपमा बढ्दै गएपछि बाँकेको नेपाल–भारत नाका जमुनाहामा निगरानी कडा पारिएको छ। भारतबाट नेपाल फर्किने नेपाली र नेपाल आउने भारतीयमाथि शङ्कास्पद व्यक्तिको कोरोना परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी नरेश श्रेष्ठका अनुसार भारतको देहरादुनबाट आएका बर्दियाका २६ वर्षीय महेशकुमार थारूमा आरडीटी परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको छ। थारूमा कुनै लक्षण नदेखिए पनि उनलाई मास्क दिएर घर पठाइएको छ।

sahani furniture udyog

भारतबाट फर्किएकाहरूको निगरानी जारी राख्दै लक्षण देखिएमा थप पिसिआर परीक्षण गरिने श्रेष्ठले जानकारी दिए। सतर्कता स्वरुप नाकामा नियमित परीक्षण जारी राखिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.