भारतको काशिपुरमा बन्दी बनाइएका ३५ नेपाली युवाको उद्धार

0
Quantam abroad studies


भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्दी बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। आकर्षक रोजगारीको प्रलोभनमा पारेर नेपालका विभिन्न जिल्लाबाट लगिएका ती युवाहरूलाई बन्दी बनाएर कुटपिट र यातना दिँदै विभिन्न बहानामा रकम असुल गरिएको थियो।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इन्डिया’ सामाजिक संस्थाको सहयोगमा उद्धार गरेको हो। घटनामा संलग्न केही व्यक्ति पक्राउ परेका छन् भने अन्य बन्दी नेपालीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। उद्धार गरिएका नेपालीहरूलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्काउने तयारी भइरहेको राजदूतावासले जनाएको छ।

sahani furniture udyog

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.