कस्ता छन् महाराजगञ्ज नगरपालिका का आगामी आर्थिक वर्षका योजनाहरू ?

0
Quantam abroad studies

कपिलवस्तु, असार ११ – SM News Online

महाराजगञ्ज नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको १ अर्ब ९ करोड २७ लाख बराबरको बजेटले भौतिक पूर्वाधार मात्र होइन, सामाजिक विकासका योजनाहरूलाई पनि प्राथमिकता दिएको छ। नगरपालिका सभाहलमा सम्पन्न १७औं नगरसभामा नगर प्रमुख अब्दुल कलामले बजेट प्रस्तुत गरेका हुन्। प्रस्तुत बजेटका आधारमा हेर्दा नगरपालिकाले अबका दिनमा समावेशी, सन्तुलित र नागरिकमुखी विकासमा ध्यान केन्द्रित गरेको देखिन्छ।

नगरपालिकाले आयका स्रोतका रूपमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत १४ करोड ६० लाख, राजस्व बाँडफाँडबाट १२ करोड ९३ लाख, सशर्त अनुदान ४४ करोड २० लाख, विशेष अनुदान ६३ लाख, समपूरक अनुदान ८७ लाख प्राप्त हुने अनुमान गरेको छ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ६३ हजार, सशर्त अनुदान १ करोड ६५ लाख, सवारी साधन कर १ करोड १८ लाख, विशेष अनुदान १८ लाख र समपूरक अनुदान १ करोड २० लाख प्राप्त हुने उल्लेख गरिएको छ। यस्तै, सामाजिक सुरक्षा भत्ता तथा आन्तरिक आम्दानी गरी कुल बजेट १ अर्ब ९ करोड २७ लाख ६५ हजार ७ सय ६० रुपैयाँ हुने बताइएको छ।

भौतिक पूर्वाधार सुदृढीकरणमा निरन्तरता
शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा फोकस

युवाका लागि रोजगार र सीप विकास कार्यक्रम
कृषि तथा पशुपालन प्रवर्द्धन
दिगो विकास र वातावरण संरक्षण

sahani furniture udyog

सूचना प्रविधि र डिजिटल नगरतर्फको पाइला

समावेशी र सहभागितामूलक शासनतर्फ जोड

बजेटमाथिको छलफलपछि आगामी असार १८ गते बजेट पारित गरिने जनाइएकाे छ ।

📌 SM News ले आगामी दिनमा महाराजगञ्ज नगरपालिकाका योजनाहरूको कार्यान्वयन प्रगति, उपलब्धि र चुनौतीहरूमाथि निरन्तर अनुगमन गर्नेछ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.