प्रधानमन्त्री ओली स्पेनको सेभिल्लातर्फ प्रस्थान

0
Quantam abroad studies

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजनामा स्पेनको सेभिल्लामा हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (एफएफडी-४)’ मा सहभागी हुन शनिबार स्पेन प्रस्थान गर्नुभएको छ। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेर्रेस र स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजको निमन्त्रणामा प्रधानमन्त्रीको भ्रमण हुन लागेको हो।

सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीय, समकक्षी सान्चेजलगायत अन्य मुलुकका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम छ। सम्मेलनमा नेपालले अल्पविकसित तथा साना टापु राष्ट्रहरूको पक्षमा वकालत गर्नेछ।

sahani furniture udyog

प्रधानमन्त्रीसहित २१ सदस्यीय नेपाली टोली आज साँझ कतार हुँदै मेड्रिडतर्फ प्रस्थान गर्नेछ। भ्रमणले विकसित राष्ट्रबाट लगानी प्रवाह र युरोपेली पर्यटक आकर्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.