रसुवा–केरुङ नाकामा भदौ भित्र बेलिब्रिज निर्माण गर्ने तयारीमा चिन

0
Quantam abroad studies

२४ असारको बाढीले नेपाल–चीन जोड्ने रसुवागढीको मितेरी पुल बगाएपछि दुई देशबीचको व्यापार अवरुद्ध भएको छ। यस नाकामा पुनः सडक सम्पर्क जोड्न चीनले ३० भदौ (१५ सेप्टेम्बर) भित्र बेलिब्रिज निर्माण गर्ने प्रस्ताव गरेको छ, जसमा नेपालले मौखिक सहमति जनाएको छ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण परिषद्को बैठकले मितेरी पुल र सडक पुनर्निर्माण गर्न चीनसँग समन्वय गर्ने निर्णय गरिसकेको छ। चीनले निर्माण सामग्री केरुङसम्म पुर्‍याइसकेको र साइट क्लियरेन्सको काम सुरु भइसकेको रसुवाका सिडिओ अर्जुन पौडेलले जानकारी दिए।

परराष्ट्र मन्त्रालयमा औपचारिक सहमति प्रक्रियामा रहेकाले छिट्टै काम अघि बढ्ने अपेक्षा गरिएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले नेपाल–चीनबीच विकास सहकार्य निरन्तर जारी रहेको बताए।

sahani furniture udyog

गत वर्ष रसुवा नाका हुँदै ८५ अर्ब रुपैयाँभन्दा बढीको आयात तथा दुई अर्बको निर्यात भएको थियो। चीनबाट कुल आयातको ४.७२% यही नाकाबाट हुने गरेको छ। बेलिब्रिज बनेपछि अवरुद्ध व्यापार पुनः सञ्चालनमा आउने अपेक्षा छ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.