देशका धेरै ठाउँमा बिहानैदेखि चर्काे घाम,केही ठाउँमा दिउँसो देखी मेघगर्जनसहित वर्षाको सम्भावना

0
Quantam abroad studies

काठमाण्डौ – देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजोजस्तै आज पनि धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ ।

दिउँसो भने केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका केही ठाउँमा दिउँसो मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

sahani furniture udyog

बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने महाशाखाले जनाएको छ ।

यस्तै राति कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही ठाउँहरुमा हावाहुरीसमेत चल्ने सम्भावना छ । गएराति पूर्वका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो । 

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.